काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीको हातबाट भाइटीका लगाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत निकाले पनि ज्ञानेन्द्रले फरक समयमा टीका लगाए ।

उनले बिहान ९ बजेर ४० मिनेटको साइतमा बहिनी शाहीको निवासमा गएर भाइटीका लगाएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजपरिवारमा राजपुरोहितले जुराएको साइतमा टीका लगाउने परम्परा रहेकाले समय फरक पर्न गएको बताइएको छ ।