बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको छेला केन्द्रबिन्दु भएर ५ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प धक्का महसुस गरिएको भए पनि कुनै क्षति विवरण भने अहिलेसम्म कतैबाट नआएको प्रहरीले जनाएको छ।










