उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले आज पाथीभरा दर्शन गर्नुभएको छ ।

किरात समुदायका महागुरुफाल्गुनन्दको जन्मजयन्ती समारोहमा सहभागी हुन पाँचथर जाने क्रममा उपप्रधानमन्त्री पोखरेल र उपनेता नेम्वाङ पाथीभरा दर्शन गर्नुभएको हो । उहाँहरुलाई नेकपाका नेता तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले स्वागत गर्नुभएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता भट्टराईका अनुसार उहाँहरुलाई ताप्लेजुङको अलैची, छुर्पी र हातले बनेको टोपी उपहार प्रदान गरिएको छ ।