आलोक यादव कार्तिक २४,२०७५ लहान। ‘योग गरौं निरोग रहौं मुल नाराका साथ’ सिरहाको पदमपुरमा ७ दिवसीय निःशुल्क योग शिविर २०७५ कार्तिक १३ गते मंलबार शुरु भई १९ गते सोमबार सम्पन्न भएको थियो ।
सिरहा नगरपालिका वडा नं। १० र ११ का जनसमुदायको आयोजनमा तथा लटु पासवानको संयोजकत्वमा सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा विशिष्ठ अतिथीहरु प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठ, सिरहा नगरपालिका वडा नं। १० का वडा अध्यक्ष युगल किशोर कामती र वडा नं। ११ का वडा अध्यक्ष बिनोद कामती, अतिथीहरुमा पतंजली युवा नेपालका जिल्ला अध्यक्ष रामदेव ठाकुर, योग गुरु सुभाष चन्द्र दास, ब्रहमदेव यादव, आधारभूत विद्यालय पदमपुरका प्रधानाध्यापक जीवछ यादव, योग शिक्षक मनोज कुमार यादव, शिक्षक शत्रुधन यादव लगायत स्थानीय महिला, पुरुष, विद्यार्थी, शिक्षक, बुद्धिजिवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
यस योगमा पदमपुर भलुवाही लक्ष्मीपुर नरहैया लगायत अन्य गाउका करीब ३ सय जनाको सहभागीता रहेको शिविरका अध्यक्ष लटुु पासमानले जानकारी दिनु भएको छ । योग आधारभूत विधालय पदमपुर विश्वकर्मा चौकमा सम्पन्न भएको छ ।










