काठमाडौं । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । सरकारले भारतका लागि नेपाली राजदुतमा निलाम्बर आचार्यलाई नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्यसमेत रहेका आचार्यलाई राजदूत नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको उच्च स्रोतले बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतका लागि तत्कालिन राजदूत दिपकुमार उपाध्याय राजिनामा दिँदै संसदीय निर्वाचनका लागि नेपाल आएपछि रिक्त रहदै आएको उक्त पदमा निलकण्ठ उप्रेतिलाई सिफारिस गर्ने भनिएपनि पार्टिभित्रै आन्तरिक बिबादपछि प्रक्रिया अघि बढेको थिएन ।

आचार्यसँगै मलेसिया र युएईका लागि नेपाली राजदुतमा क्रमशः उदयराज पाण्डे र कृष्ण ढकाललाई सिफारिश गर्ने निर्णय गरेको छ ।

पाण्डे यसअघि युएईको राजदूत भइसकेका छन् भने ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

त्यसैगरी हाल जेनेभास्थित स्थायी प्रतिनिधी रहेका दिपक धितालको म्याद थप्ने निर्णय मन्त्रिपरिषले गरेको छ ।

विशेषवाहेक हरेक निर्णयहरु सरकारका प्रवक्त्तामार्फत सार्वजनिक गर्दै आएको यसअघि झै आज भने समयक्रमसँगै थाहा दिने भन्दै कुनै पनि निर्णयबारे सार्वजनिक गरिएन ।