काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा.राजन भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले डा.भट्टराईलाई विदेश मामिला सल्लाहकारमा नियुक्त गरेको स्रोतले जनाएको छ ।
पूर्वसांसद समेत रहेका डा.भट्टराई नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत हुन् ।
प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका युवा नेता गगन थापासँग पराजित भएका थिए । दैनिक नेपाल बाट










