काठमाडौं – नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तातोपानी कुण्डमा स्नान गर्न पत्नीसहित म्याग्दी पुगेका छन् । साथमा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल पनि छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट म्याग्दी पुगेका प्रचण्डले गृहमन्त्री थापासँगै तातोपानी कुण्डमा नुहाउँदै गरेको तस्वीर म्याग्दी स्थित एक स्थानीय अनलाइनले प्रकाशित गरेको छ ।
प्रचण्डको साथमा पत्नीका अलावा छोरी गंगा दाहाल लगायत परिवारका अन्य केही सदस्य पनि छन् ।
बेनीस्थित होटल याकमा बसेका प्रचण्ड तीन दिन त्यतै रहने र नियमित तातोपानी कुण्डमा स्नान गर्ने बताइएको छ ।
प्राकृतिक चिकित्सालय बेनीका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा छालासम्बन्धी रोग निको हुन्छ । यो कुण्ड म्याग्दी लगायत आसपासमा निकै प्रसिद्ध छ ।
प्रचण्ड पत्नी सीता लामो समयदेखि अस्वस्थ छिन् । सीतालाई उपचारकै सिलसिलामा तातोपानी नुहाउन म्याग्दी लगिएको स्रोतले बतायो ।
यो खबर हामिले लोकान्तर बाट










