कार्तिक २६ । जिल्लाका विभिन्न प्राकृतिक तातोपानीका पोखरीहरुमा डुबेर उपचार गर्ने बिरामीहरुको भीड लाग्ने गरेको छ । बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा देशका विभिन्न क्षेत्रबाट हाडजोर्नी दुखेको, ग्याष्ट्रिक र छालाका रोगीहरु प्रकृतिक उपचारका लागि आउने गर्दछन् ।
जिल्लाको नारच्याङ्बेसी, भुरुङ्ग–तातोपानी, रातोपानी, महभीर, दग्नाम, सिङ्गा र मुदी बगरको प्रकृतिक तातोपानीमा बिरामीको ओइरो लाग्ने गरेको छ ।
यसैबीच, आज नेकपा अध्यक्ष प्रचण्ड परिवार पनि तातोपानी कुण्डमा गएको थियो । त्यहाँ अध्यक्ष प्रचण्ड, उनकी श्रीमती सीता दाहाल, छोरी गएका थिए । साथै, प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागि थिए ।











