दमक/झापा कमल गाँउपालिका वडा नं. ५ मा आगलागिबाट सबैैथोक नष्ट भएपछि बिचल्लिमा परेका जस्तबहादुर जोगीलाइ लायन्स क्लव अफ दमक स्वीटसिटीले राहत उपलब्ध गराएको छ ।
स्वीटसिटीका सर्भिस डाइरेक्टर खेम सापाकोटाका अनुसार तत्काल आवश्यक पर्ने खाद्यन्न लगायतका अत्यआवश्यकीय सामाग्रिहरु सोमबार घटनास्थलमा नै पुगेर उपलब्ध गराईएको हो ।
क्लवका अध्यक्ष विश्वासकुमार काश्यप लगायत लायन्स क्लवका बोर्ड मेम्बरहरुको उपस्थितिमा चामल, नून, तेल लगायतका खाद्यन्न उपलब्ध गराइएको बताईएको छ ।











