पूर्वमन्त्री केशव स्थापितको घरमा भोजन गरेर फर्कने क्रममा प्रदेश सभाका दुई सांसद चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ ।
प्रदेश सांसद गणेश दुलाल र प्रकाश श्रेष्ठ प्रदेश ३ का पूर्व भौतिक योजना मन्त्री केशव स्थापितको बौद्ध महाँङ्लस्थित घरमा सोमबार बिहान खाना खान पुगेका थिए ।
खाना खाएर बाहिर निस्किएपछि उनीहरु चढेको बा १९ प ४९८ नम्बरको गाडीमा मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिले बिहान ११ बजेर ४५ मिनेट ढुङ्गा प्रहार गरेका हुन् ।
गाडीको अगाडिको सिसामा क्षति पुगेको छ । महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेस थापा क्षेत्रीले घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको बताएका छन् ।
प्रहरीका अनुसार घटनामा संलग्न खोटाङ घर भई स्थापितकै छिमेकमा बस्ने पासाङ दोर्जे शेर्पा पक्राउ परेका छन् । उनले सांसद चढेको गाडीले बाटो च्यापेर आएपछि ढुङ्गा प्रहार गरेको प्रारम्भिक बयान दिएका छन् ।
उनी डिप्रेसनको औषधी खादै रहेको बिरामी रहेको प्रहरीले जनाएको छ । यो खबर हामीले दैनिक नेपाल बाट लिएका हौ










