दमक । कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । खड्का दमक–९ मा बस्दैआएकी थिइन् ।

बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।