एजेन्सी। प्रियंका चोपडा र निक जोनसको बिहे २ डिसेम्बरमा हुने लगभग पक्का भइसकेको छ । बिहेको तयारी तीव्र रुपमा भइरहेको छ । तर, यही बीचमा प्रियंका चोपडा दिल्लीमा देखिइन् । उनी त्यहाँ फिल्म ‘स्काइ इज पिंक’को सुटिङको लागि पुगेकी हुन् । अहिले प्रियंकाले फिल्मको सुटिङ गरिरहेकी छिन् ।

यही क्रममा उनले इन्स्टाग्राममा एक फोटो शेयर गरिन् । फिल्मका अभिनेता फरहान अख्तरले पनि एउटा फोटो शेयर गरेका छन् । फोटोमा उनीहरु दुवै दिल्लीको प्रदूषणबाट बच्नको लागि मास्क लगाएका देखिएका छन् । द स्काइ इज पिंक मोटिभेसनल स्पिकर आयशा चौधरीको बायोग्राफी हो । यसको निर्देशन निर्देशक सोनाली बोसले गर्दैछिन् ।