दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ।
घोराही–तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ।
घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६ सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
खत्रीलाई टिपरले च्यापेको छ। ठक्करपछि सडकदेखि तल खसेका मोटरसाइकल चालक सानीअम्वापुरकै वसन्त गिरी घाइते भएका छन्। गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
ठक्कर दिने टिपर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विवेक महराले जानकारी दिएका छन्। रासस
फाइल तस्बिर









