काठमाडौं । राष्ट्रिय विकास प्राधिकरण गठन गर्ने र त्यसको नेतृत्व आफूलाई दिन नेकपा वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ । रुष्ट गौतमले गैरनाफामुलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी छ ।

गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भूमिकमा फर्कन आतुर हुनुभएको छ । संसद्मा जाने गौतमले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेपनि त्यो आग्रह अस्वीकार गरेपछि काठमाडौं ७ का सांसद रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीकै शक्तिले आफूलाई संसद्मा जान रोकेको गुनासो गौतमको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौतमले संसद्को मार्ग लगभग बन्द भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनको नयाँ पहल थाल्नुभएको छ । प्राधिकरण गठन गरेर आफूले नेतृत्व पाए विकासको महाअभियान सुरु गर्ने भन्दै उहाँले प्रधानमन्त्रीलाई सहमति गराउन खोज्नुभएको छ । तर ठुला विकास परियोजनालाई नयाँ ढङ्गले अघि बढाउन प्रधानमन्त्री तयार भएपनि त्यसको नेतृत्व गौतमलाई दिन अहमत भएपछि वामदेवलाई अर्को झट्का लागेको आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।ठुला विकासका परियोजनालाई एउटा नेतालाई जिम्मा दिएर कार्यकारी सरकार अभिभावक मात्र बन्न वैज्ञानिक नहुने प्रधानमन्त्री कार्यालयको निष्कर्ष छ । जनता समाचार बाट साभार