काठमाडौ।गायक तथा निर्देशक देमिन राज्य राई बैंकिङ्ग कसुर ऐन मार्फत प्रहरी हिरासतमा परेका छन् । उनले धेरै गीतहरुमा स्वर दिनुका साथै चलचित्र शरदका पातहरुलाई निर्देशन गरेका छन् । सोही फिल्म शरदका पातहरुको काम गराएर पनि धरान, १४ निवासी निज रार्इले गतसाल असार देखी हिसाकिताब चुक्ता नगरेको र पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क बिहिन भएको हुँदा चलचित्र शरदका पातहरुका छाँयाकार बिरेन्द्र भाट बिपिनले मुद्दा दायर गरेका हुन् । बिरेन्द्र भाट बिपिनले रु ४ लाख ४० हजार पारिश्रमिक लिन बाँकी रहेको थियो ।
पटक पटक भाका सारेको र बोली अनि ब्यवहारको कुनै भर नभएकोले गायक एबं निर्देशक राईले यस्तो अवस्था भोग्नु परेको हो । यस्तै ब्यवहारले गर्दा बिरेन्द्रले मुद्दा दायर गरेपछि प्रहरीले देमिन राज्य राईलाई २ हप्ता अघि पक्राउ गरि प्रहरी हिरासतमा रहेका छन् । यस मुद्दा माथी सम्पुर्ण कार्य अगाडी बढीसकेको छ । साथै उनले रु ४ लाख ४० हजार रुपैया चुक्ता नगरे सम्म प्रहरी हिरासतबाट मुक्त हुन पाउदैदनन् ।
काम गराएर पारिश्रमिक नदिने यस्ता जो सुकै ब्यक्तीहरु पनि कानुनको दायराबाट उम्किन नपाउन् । यस क्रियाकलापले गर्दा आगामी दिनहरुमा सबैले पाठ सिक्न सचेत रहन जरुरी छ ।

सौर्य अनलाइन बाट










