काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको सुरक्षालाई ध्यानमा राखी औषधि उपचारका लागि १० लाखसम्मको बीमा गर्नसक्ने व्यवस्था गरेको छ । कोषले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत रहेर सामान्य र घातक रोगको उपचारका लागि राष्ट्रिय बीमा कम्पनीसँग हस्ताक्षर गरेको हो ।

औषधोपचार तथा घातक रोगको उपचार बीमा सम्बन्धमा कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सञ्चयकर्ताको सुरक्षालाई ध्यानमा राखेर कोषले माग १ गतेबाट लागु हुने गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउने भएको हो । जसअनुसार सञ्चयकर्ताले सामान्य रोगका लागि १ लाख र घातक रोगका लागि १० लाख रकम लिनसक्ने व्यवस्था रहेको छ । जसमा विरामी सञ्चयकर्ताले वास्तविक खर्चको १५ प्रतिशत कट्टा गरी बिमाको सुविधा प्राप्त गर्नसक्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सञ्चयकर्ताले बीमा रकम हकदावी गर्दा औषधीउपचारको हकमा ३० दिन र घातक रोगको हकमा ९० दिन दिन रहनेछ । बिरामी सञ्चयकर्ताले हकदाबीका लागि डिस्चार्ज भएको ६० दिनसम्म अस्पतालको छाप, डिस्चार्ज स्लिप, प्यान नम्बर औषधी खरिदका सक्कल बिललगायतका विभिन्न कागजजातहरु पेश गर्नुपर्नेछ । ६ लाख सञ्चयकर्तालाई उपलब्ध गराउने स्वाथ्योपचार सेवा विश्वकै लागि नमुनायोग्य काम भएको आयोजकको दाबी छ ।

आगामी दिनमा सञ्चयकर्ताको परिवार तथा अवकाश प्राप्त सञ्चयकर्तालाई समेत बीमापछि स्वास्थ्य सुविधा लिनसक्ने योजना रहेको कोषको दावी छ ।