काठमाडौँ — मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले असोज ११ देखि २५ सम्म राजधानीका चक्रपथभित्र विभिन्न स्थानमा परीक्षण गरेको हो ।

प्राधिकरणद्वारा सार्वजनिक प्रतिवेदनअनुसार मोबाइल सेवामा एनसेल र स्मार्ट टेलिकमभन्दा नेपाल टेलिकम अघि देखिएको छ । इन्टरनेट सेवामा एनसेलको गुणस्तर अन्य सेवा प्रदायकभन्दा राम्रो देखिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।