काठमाडौं । केही यस्ता प्रचलन छन्, जुन झट्ट हेर्दा निकै आश्चर्यजनक र जोखिमपूर्ण लाग्छन् अनि उस्तै जाेखिमपूर्ण पनि । त्यहीमध्ये एउटा साहिसक मानिएको काम हाे भीर मौरी काढ्ने काम । अत्यन्त जोखिमपूर्ण मानिएको भीर मौरी काढ्ने साहसिक काम गरेका छन् बाग्लुङ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले । गाउँपालिका अध्यक्ष पाइजाले बडिगाड–८ रणसिंह किटेनी पदमभीरबाट ६ क्वीनटल भीर मौरी काढेका छन् । भीरमा झुण्डिएर भीर मौरी काढेका पाइजाले मोरीको कुट डेढ क्वीन्टल, मौरीको छोरा ५ क्वीन्टल र मौरीको मह ४० किलो निकाल्न सफल भएका छन्।
वर्षेनी दुर्इ सिजनमा भीर मौरी काढ्ने गरे पनि यस वर्ष पहिलो चरणमा ६ क्वीन्टल मौरीको मह, कुट निकाल्न सफल भएका छन् । खरको डोरी बाटेर १ मिटरको अन्तरमा काठ हालेर भ¥याङ चढेर भीर मौरीको शिकार गरिन्छ । ‘पहिले नाम्लो शरीरमा बाँधेर मौरी काढ्ने गथ्यौँ, अहिले सेफ्टी प्रयोग गरेर भीर मौरी काढ्छौँ,’ पाइजाले भने, ‘रसीका भरमा भीरको बीचमा पुग्नु जोखिम नै हुन्छ ।’
अध्यक्ष पाइजाले कात्तिक २५ र २६ गते दुई दिन लगाएर २९ घार भीर मौरीको शिकार गरेका छन् । शिकार गरेको मौरीको मह गाउँका २ सय ५० घर धुरीलाई निःशुल्क बाँडिएको छ ।
भीर मौरी काढ्दा सामुदायिक वनलाई ५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।
किवी खेतीमा पाइजा
फलफूलको राजा मानिने किवी खेतीमा पनि गाउँपालिका अध्यक्ष पाइजा सरिक छन् । एक केजीको ८ सय देखि १ हजार रुपैयाँमा बिक्री हुने किबी खेती करिब ५ वर्षअघिबाट थालिएको हो ।
उनले गरेको किवी खेती अहिले व्यावसायिक फस्टाउँदै गएको छ ।










