काठमाण्डु, २९ कात्तिक– सरकारले केही मन्त्रालयमा अस्थायी कर्मचारी भर्ना गर्ने भएको छ ।

मन्त्रिपरिषदको गत २५ कात्तिकमा बसेको बैठकले यसैगरी विभिन्न मन्त्रालयमा चालू परियोजनाको काममा तीव्रता दिने उद्देश्यसहित अस्थायी कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।