विनु तिम्सिना

मोरङ । अपराधिक समुह स्थापना गरी सुन तस्करी र सनम शाक्यको अपहरणपछि हत्या अपराध गरेको मुद्दाका अभियुक्त तथा सुन व्यापारी मदन सिलवाल र संजय खेतान भनिने प्रभात अग्रवाललाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिँह र साधुराम सापकोटाको संयुक्त ईजलासले बिहीबार अग्रवाल र सिलवाललाई जनही पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत मोरङले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्लाको आदेश विरुद्ध १७ नम्बर गराएका उनीहरुलाई उच्चले धरौटीमा छाड्न आदेश दिएको हो ।

अभियुक्तहरु अग्रवाल र सिलवाललाई थुनामा राखेर पुर्पक्ष गरिरहनुपर्ने जिल्ला अदालतको आदेश रितपूर्वकको नभएकोले धरौटीमा बुझाएर बाहिरै बसी पुर्पक्ष गर्न पाउने गरी जनही पाँच/पाँच लाख धरौटीमा छाड्न अदालतले आदेश गरेको उच्च अदातल विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । २०७५ जेठ ८ गते जिल्ला अदालत मोरङको आदेशबाट पुर्पक्षकालागि थुनामा गएका सिलबाल र अग्रबाल दुवैले जिल्लाको आदेश बेरितको भएकोले रितपुर्वकको आदेश माग गर्दै उच्चमा निवेदन गरेका थिए ।

जनता समाचार बाट