काठमाडौं— स्वास्थ्य संस्था विहिन देशभरका दुई हजार चार सय वडामा आगामी दुई वर्षमा स्वास्थ्य संस्था निर्माण गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो आव २०७५÷७६मा एक हजार दुई सय स्वास्थ्य संस्था निर्माण गरिने जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटाले पहिलो वर्पका लागि चार अर्व बजेट विनियोजन गरेको जानकारी दिए।

उनले स्वास्थ्य संस्था विहिन वडामा भवन निर्माणका लागि जग्गा व्यवस्थापन, भवन ड्रइङ डियाजन तथा लागत अनुमान र नक्सालगायतका विषयमा काम भइरहेको बताए।

जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले प्रत्येक वडामा स्वास्थ्य सस्थामार्फत सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

नेपालमा ६ हजार ७ सय ४३ वडाहरु छन्।