कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय परिसरमै एक युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१ खानेपानी रोडका अन्दाजी २४–२५ वर्षका विजय थापाको शव फेला परेको हो । प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको मृत्युको कारण खुलेको छैन । घटना अनुसन्धानका लागि धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका आशिष क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राति विजयको शव लिएर हिंडिरहेको अवस्थामा स्थानीयले देखेर आशिषलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पतालतर्फ लैजान लागेको बताएका छन् । नया पेज बाट