दमक/पुर्व प्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट पाउन नसकेको गुनासो गरेकाछन् । एक टेलिभिजन कार्यक्रमम अन्तरवार्तामा बोल्दै उनले यस्तो गुनासो गरेकाहुन् ।
आफुलाइ भेटन प्रधानमन्त्री ओलीले समय कहिले दिने हो भन्ने आफु प्रतिक्षामा रहेको उनले जनाए । आवश्यकता भएको बिषयमा यस बिषयमा आफुले पार्टीमा समेत कुरा गर्ने उनले बताए ।
बरियताको बिषयमा आफुलाइ चित्त नबुझेको र यस बिषयमा समेत कुरा राख्न चाहेको उनले बताए । समसामयीक बिषयमा समेत कुरा गर्न खोजेपनि समय नपाएका कारण केहि छलफल हुन नपाएको उनको भनाइ थियो ।
उनले गुट उपगुट बनाउने खेल भइरहेको जनाउदै यो अपराध भएको समेत उनको भनाइ रहेको छ । आफु गुट उपगुटको पछि नकुद्ने र नबनाउने पक्षमा रहेको पनि उनले स्पष्ट पारे ।










