डडेल्धुरा, मंसिर १ । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडैं र गाउँपालिका–३ का गाडी साहु ४५ वर्षीय दीपेन्द्र साही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। दुर्घटनामा १७ जना घाइते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका–३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीय तनुजा शाही, २२ वर्षीय नविन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीय माया नागरी, बैतडीको मेलौली–८ बस्ने १८ वर्षीय गौरी बिष्ट रहेका छन् ।

धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय शुसिल महता, कञ्चनपुर दैजीकी २० वर्षीय सर्मीला अवस्थी घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ। जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।