६ दिनदेखि बेपत्ता भएका चितवनकासुदिप सापकोटा तेह्रथुममा फेला परेका छन् । कालिका नगरपालिका वडा नं ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सापकोटा कात्तिक २६ गते सोमबार भरतपुरबाट बेपत्ता भएका थिए ।
विदेश यात्राको लागि आवश्यक सामान खरिद गरी फर्कने क्रममा उनी बेपत्ता भएका थिए । अष्ट्रेलिया जाने तयारीमा रहेका भनिएका उनी सुटकेससहित बेपत्ता भएका थिए ।
टाँडीका डिएसपी दयानिधि ज्ञवालीले अष्ट्रेलिया जानका लागी तयार पारेको डकुमेन्ट फेक भएको बताएका छन् । प्रहरीले उनी रहेको ठाउँको लोकेशनको आधारमा पत्ता लगाएको जनाएको छ ।
उनले आफूले प्रयोग गरिरहेको सिमसमेत निकालेर फालेको अवस्थामा प्रहरीले तेह्रथुमको एक होटलमा वाईफाई प्रयोग गरिरहेको जानकारी पाएपछि मोवाईलको आईएमईआई नम्बरबाट लोकेशन पत्ता लगाएको हो ।
अष्ट्रेलिया जाने भनेपनि उनका सबै डकुमेन्ट भने फेक रहेको पाइएको छ । यसबारे भने थप अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।










