काठमाण्डु, १ मंसिर- नेकपा नेतृ एवं सांसद पूर्णकुमारी सुवेदीले बुहारीको विवाह गराइदिएकी छन् ।

संसदको प्राकृतिक स्रोत साधन समितिकी सभापतिसमेत रहेकी सुवेदीले बुहारी मालती शर्माको दोश्रो विवाह गराइदिएकी हुन् । सुवेदी पुत्र अच्युतराजको २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएको थियो । सुवेदीले बुहारीलाई छोरीका रुपमा केही पारिवारिक सदस्यको उपस्थितिमा रितपूर्वक विवाह गराइदिएकी हुन् । सुवेदीले पतिको मृत्युपछि एकल जीवनयापन गर्दै आएकी बुहारी मालतीको विवाह नेपालगञ्जका सुधीर गौतमसँग गराइदिएको पारिवारिक स्रोतले जानकारी दियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

। अच्युत र मालतीका सिद्धान्त र बेदान्त दुई छोरा छन् । काठमांडू टुडे बाट