दोलखा— बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो ।

सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो बर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए ।

झापाका सभा सकेर उनी काठमाडौं फर्किने तरखर गर्दै थिए । अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो जसले उनी छाँगाबाट खसेझैँ भए ।

अघिल्लो बर्ष मंसिर २ गते झापामा केपी ओलीजीको चुनावी क्षेत्रमा थिएँ, शनिबार खोलखा सदरमुकामा चरिकोटमा दाहालले बर्ष दिनअघिका घटना सम्झिँदै भने, राजधानी फर्कने तरखबर गर्दै थिएँ, अचानक एउटा खबर आयो, प्रकाश अब रहेनन्...!

यति भनेपछि दाहालका गला अवरुद्ध भएका थिए । उनी बोल्नै सकेनन् । केही बेर भक्कानिए । चरिकोटको टुँडिखेल मैदानमा उनलाई सुन्न बसेकाहरु स्तब्ध बने ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।