काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा विभिन्न अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिहरुमाथि प्रहरीले कडाई गरेको छ । केहि दिन पहिले मात्रै प्रधानमन्त्रको टाउको जनावरको शरीरमा जोडेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकै कारण । काभ्रेको रासी गाउँपालिका –५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले भदै ५ गते पक्राउ गरी उनलाई जिल्ला अदालतले धरौटीमा छाडेको छ । त्यस्तै डोटीका सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउण्ट बनाएर पैसा असुल्दै आएको खुलेको छ । प्रहरीका अनुसार अभियुक्तको भने खोजीभइरहेको बताएको छ । अर्को सामाजिक सञ्जाल अनौठो घटनापनि घटेको छ । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ६५ वर्षका वृद्धलाई साइबर क्राइमको मुद्दामा प्रहरीले पक्राउ गरेको बताएको छ । बिहेको प्रस्ताव अस्वीकार गरेको भन्दै फेसबुकमा चरित्रहत्या गर्नेदेखि पैसा फिर्ता नगर्नेको फोटो फेसबुकमा राखेर श्रद्धाञ्जली लेख्ने व्यक्तिसमेत पक्राउ परेको समाचार नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा छ ।

भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका –२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको खबर पनि छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिसो बढ्न थालेपछि मुस्ताङका माथिल्लो भेगका अधिकांस विद्यालयहरु पोखरा सरेका छन् । ती हजार आठ सयदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेका मुस्ताङका लोमाङथाङ लौ घकेर दामोदरकुण्ड र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका अधिकांश विद्यालय पोखरामा घुम्ती विद्यालयका रुपमा सञ्चालित भएको खबर छ ।