भक्तपुर, २ , मंसिर – नेकपाका प्रमुख सचेतक देब गुरुङले देशी बिदेशी तत्वहरु मिलेर नेपाललाई बिदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले नेपाली भूमिलाई कुनै न कुनै तवरले दुरुपयोग गर्ने क्रम बढेकाले नेपालको राष्ट्रियता खतरमा परिरहेको बताए । उनले नेपालमा स्थिरता कायम गर्न नसके नेपाल बिदेशी सैनिकहरुको क्रिडा स्थल बन्नुका साथै एक प्रकारको अफगानिस्थानको मोडेल बन्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले नेपालको भूमि दुरुपयोग गरि एक चीन नीतमा हमला गर्ने र तिब्बतको मामलामा समेत हस्तक्षेपकारी भूमिकामा बिदेशीहरु लागीरहेको उनँको भनाई छ ।

जनताको जनमत अनुसरा राज्यका सबै अंगहरु रुपान्तरण हुन नसक्दा जनताले सोचे अनुरुप कामहरु हुन नसकेको उनले बताए । सबै बिषयहरुलाई मध्ये नजर गर्दै सरकारले तिव्ररुपमा काम समेत गरिरहेको उनको भनाई छ ।

संघियता कार्यान्वयन गर्ने बिषयमा केही अन्यौलता देखिएकाले केही ढिला सुस्ती भएको बताउँदै संक्रमण अवस्था जारीनै रहेकाले सिस्टमा रुपमान्तरण गर्दै जानुको बिकल्प नभएको बताए ।

उनले संबिधानत देशमा बहुदलीय प्रणाली रहेको भनेता पनि देश दुई दलिय प्रणाली तर्फ जान लागेको बताए । दुई दलयी ब्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्टहरु एक भएर जानुको बिकल्प नरहेको समेत उनले बताए ।

हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मक भन्दा पनि सकारात्मक रहेको बताउँदै काँग्रेसले बिभिन्न बिधेकहरु पारित गर्दा देखाएको सम्र्थनले प्रष्टाएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उनले बताए ।

प्रधानमन्त्रीले बिभिन्न क्षेत्रको शक्ति आफ्नो मातहतमा लिएको बिषय सहि र गलत समयले पैष्टाउने भन्दै हाल सम्म प्रधानमन्त्रीले सकारात्मक कामलाई प्राथामिक्ता दिएर काम गरिरहेको उनले बताए ।