काठमाडौं । गर्लफेण्डलाई होटेल लिएर जाँदा एक किशोर प्रहरीको फन्दामा परेका छन् । काठमाडौंको कलंकीमा गर्लफ्रेण्डलाई लिएर होटल जाँदै गर्दा किशोरलाई प्रहरीले पक्राउ हो। पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारी छन् ।

उनी बुधबार राति १५ वर्षीया प्रेमिकालाई लिएर होटल अन्नपूर्ण पुगेका थिए । छोरी घर नआएपछि परिवारले सोधिखोजी गर्ने क्रममा उनलाई फेला पारिएको थियो । ‘बुधबार राति अधिकारीले बालिकालाई बलात्कार गरेको भनेर किशोरीको परिवारले जाहेरी दिएका छन्’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पाल भन्छन्, ‘उनलाई पक्राउ परेर अनुसन्धान गरिरहेका छौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पालका अनुसार अधिकारीलाई जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । ‘सहमतिमै भए पनि उमेर नपुगि शारीरिक सम्बन्ध राख्नु कानुनतः अपराध हो’, पालले अनलाइनखबरसँग भने, ‘त्यस्तैले उनलार्इ मुद्दा चलाइएको हो ।’