बर्दिया । ठाकुरबाबा नगरपालिकामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ ।

कालिकोटबाट धनगढीेतर्फ जाँदँ गरेको ना ४ ख ५३७५ नम्बरको बसले ठक्कर दिँदा भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निर्मला थारुको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोचिङ पढ्न साइकलमा जाँदै गरेकी नगरपालिकाको वडा नम्बर ६ बकुवाकी निर्मलालाई सोमबार बिहान मनुषा टीकासिंह बहुमुखी क्याम्पस अगाडि बसले ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक प्रकाश सिंहलाई प्रहरीले पक्राउ गरेको छ