काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नोपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरा प्रकाशलाई सम्झिएर रुनु भएको छ ।
खुमलटारस्थित निवासमा सोमबार आयोजित स्मृति कार्यक्रममा प्रधानमन्त्री के.पी ओलीले प्रकाशको प्रशंसा गरेपछि अध्यक्ष दाहालको मन थामिएन । उहाँ बरबरी आँशु झार्दै रुनु भएको हो ।
त्यो पीडाको सामना गर्न सजिलो थिएन’ अध्यक्ष दाहालले गहभरी आँशु पार्दै भन्नुभयो, ‘ तर तपाईंहरुको मायाले पीडा लुकायौं । तपाईंहरुले हामीलाई ऊर्जा दिइरहनुहोस् । नर्भिक, पेरिसडाँडा देखि आर्यघाटसम्म प्रकाशका लागि देखिएको जनमतको कदर गर्छु ।’










