बर्दियाको पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ठाकुरबाबा नगरपालिकामा बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

कालिकोटबाट टिकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट भेरी पव्लिक शिक्षालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मला चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यालय जाँदै गरेकी छात्रालाई बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यलय भुरीगाउँले जनाएको छ ।