प्रदेश २ सरकारले स्नातक तहदेखि दलित विद्यार्थीलाई निर्वाहभत्ता दिने तयारी गरेको छ। प्रदेशसभा सचिवालयमा दर्ता गराएको ‘दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’स्नातक तहदेखि दलित विद्यार्थीलाई शुल्क मिनाहासँगै अन्य सुविधाको व्यवस्थ छ।

विधेयकमा पाठ्यपुस्तक, ट्युसन शुल्क र पोसाकसेत उपलब्ध गराउने उल्लेख छ। यो खबर आजको नयाँ पत्रिकामा हदिश खुद्दारले जनकपुरबाट लेखेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिक्षामा पछाडि परेका मुसहर, डोम, महेतर समुदायका विद्यार्थीलाई लक्षित गरेर प्रदेश सरकारले विशेष कार्यक्रमको व्यवस्था गरेको आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।