बा ! म स्वर्ग लागे हजुर नरुनु होला ! चिताबाट स्व. प्रकाश दाहालको मर्मस्पशी पत्र (भिडियो सहित)

बा, कटक्क मुटुमा सुईरो उनिएपछि,

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुखबाट एक्कै पटक आमा शब्द निस्केको था’छ,

कालो छायाको साथ पछिपछि लाग्दा,

एकाबिहानै आमाले छुँदा म परै हुत्तिईसकेथेँ।

चिम्लिएका आँखा अगाडी,

हजुरका दुईथोपा आँशु टिप्लिक्कै छातीमा पर्दा,

ओडाएको रातो झण्डा टिपेर जुरुक्कै उठ्न मन थियो बा,

हजुरका हातले लगाएको आगो ले पोलेन बा मलाई,

खरानी भईन्जेल सम्म हजुरलाई देखिरहेँ,

मेरा बा को धैर्यताले मलाई स्वर्ग देखायो बा।

बा, भन्नेले हिजो उखु बाँगो थियो भने रे,

बाँगो ऊखुको रस पनि बाँगै छ भने रे।

तर बा, दुनिया क्याम्पस जाँदा म जंगल पसें।

हजुरका पछिपछि र आमाका अघिअघि।

कति निडर भएछु बा, सिटामोल हारेछ आज।

आमाका हातको जाऊलो खाएर,

म लागें बा सुटुक्कै दुर देश तिर,

हजुरका आशु साथ लिएर।

बा, हिजो हाम्लाई नि के के गरे,

हाम्ले नि के के गरियो,

समयले कोल्टे फेर्यो तर मानवियता फेरिएनछ।

म मर्दा हाँस्नेलाई आशिर्वाद दिनु,

म मर्दा नाच्नेलाई “ठुलो भए है” भनिदिनु।

दागबत्ती दिँदा हास्ने चलन नदेखेका यमराजलाई म के भनुंला?

बा, म बिनाका विना हरुमा खुसी ल्याईदिनु,

मेरा सृजनाका प्रसिद्व उपहारहरु जोगाईदिनु।

हजुर विना सृजना नहोस,

बैसमा हजुरले बोकाईदिएको बन्दुकको कसम,

मैले पनि रुन जानेको थिएँ र त यति बिध्न लर्को पाएं।

बा म स्वर्ग लागें हजुर नरुनुहोला।

भिडियो हेर्नुस :

https://www.facebook.com/Jiripost24/videos/324384981298368/