काठमाडौ, ४ मंसिर – प्रधानमन्त्री केपीशर्मा ओलीले मकवानपुरको राक्सिराङ–३ की १२ वर्षीया बालिका गंगा चेपाङको सुरक्षित सुत्केरी गराउन काठमाडौ झिकाउनु भएको छ ।

१२ वर्षकी बालिका गंगा चेपाङ् गर्भवती भएको समाचार विभिन्न अनलाइन पत्रिकामा प्रकाशित भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘प्रधानमन्त्रीले १२ बर्षिय चेपाङ् छोरीलाई जसरी हुन्छ सुरक्षित मातृत्व गराउन निर्देशन भएकाले हामीहरुले त्यही अनुरुप बातावरण बनाइरहेको छौ ’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले भन्नुभयो । प्रधानमन्त्रीको निर्देशन अनुसार गंगा चेपाङ्गको हिजोदेखी हेटौडाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  हेटौडामा उपचार गराउन सम्भब नभए आजै उनलाई काठमाडौ झिकाउने तयारी भइरहेको प्रवक्ता कुँबरले बताउनुभयो ।

१२ बर्षिय चेपाङ्ग बालिकालाई सहज ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ् र रासराङ्ग गाउपालिका औलेका कार्यकारी अधिकृतसँगको सहयोगमा बालिकालाई थप उपचारका लागि हेटौडा हुदै काठमाडौ झिकाइएको हो ।

०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग गंगाले भागी बिहे गरेकी हुन । कक्षा ४ मा पढ्दै गरेकी गंगा र कक्षा ३ मा पढ्दै गरेका उनका पतिले विवाह गरेपछि पढन छोडेका छन् ।