साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

–बालबालिकालाई नियमित रूपमा नुहाइदिनुपर्छ । –घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ । –मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

–रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।

–जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।