काठमाडौं । वीर अस्पतलामा कार्यरत एक चिकित्सकले उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै राजीनामा बुझाउनुभएको छ । उहाँले आफूले चाकडी र घूस दिन नसकेकाले दिनहुँ अपमानित भएर बाँच्नु परेको पत्रमा खुलाएका छन् । उहाँको राजीनामापत्र अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
विगत एक वर्षदेखि तलवविहीन भएर न्यूरो सर्जनमा काम गरेको र अहिले पद खाली हुँदा पनि सोही ठाउँमा पोष्टिङ नगरेको भन्दै चिकित्सक धुव्रराज अधिकारीले राजिनामा दिनुभएको छ । आफूलाई अन्याय गरेको तथा दुःख दिने नियत भएका कारण अपमानित गरेको उहाँको आरोप छ । न्यूरो युनिट प्रमुख समेत रहनुभएका डाक्टर अधिकारीले अन्याय खपेर बस्नु भन्दा राजिनामा दिन उपयुक्त हुने बताउनुभएको छ । नवौ तहमा कार्यरत अधिकारीले मंसीर ३ गते राजिनामा पत्र लेख्नुभएको थियो ।
मन्त्रालयले उहाँको राजीनामा भने स्वीकार गरेको छैन । मन्त्रालयका एक कर्मचारीका अनुसार उहाँको विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । डा अधिकारीले सोमबार राजीनामा पत्र बुझाउनु भएको छ । मन्त्री यादवका स्वकिय सचिव महेश चौरसियाका अनुसार डा अधिकारीको एक वर्ष अघि बढुवा भएको र ऐन अनुसार पोखरामा पदस्थापन गरिएको थियो । जनता समाचार बाट










