बिष्णुप्रसाद पोखरेल दमक । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत प्रधानमन्त्री केपी शर्मा ओलीको झापा क्षेत्र नं. ५ मा बिपन्न समुदायलाइ आवास कार्यक्रमलाइ सबैभन्दा बढि बजेट बिनियोजन गरेको पाईएको छ । यस निर्वाचन क्षेत्रका साँसद रहनु भएका प्रधानमन्त्री ओलीले ८ वटा योजनाहरुमा ४ करोड रुपिया छुट्याउनु भएको हो ।

ओलीका नीजि सचिवालय सदस्य होमबहादुर थापाका अनुसार दमक नगरपालिका क्षेत्रभित्र बिपन्न आवास निर्माण कार्यक्रममा सबैभन्दा बढि बजेट बिनियोजन भएको छ । यसका लागि १ करोड ४० लाख रुपिया बजेट छुट्याइएको छ । यो यहि आर्थिक बर्षभित्र काम सम्पन्न गरिसक्नु पर्ने ब्यवस्था रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी गौरीगन्ज गाँउपालिका वडा नंं ५ चिल्लारामा रहेको मुसहर बस्तीमा घर निर्माणका लागि २५ लाख रुपिया छुट्याइएको पाईएको छ । अति बिपन्न मुसहरहरुको घर निर्माणमा सहयोग पुर्याउने उदेश्यले यो रकम छुट्टयाइएको थापाले बताउनु भयो । बिपन्नलाइ आवासका लागि यो शुरुवाती कदम हो, थापाले भन्नुभयो ।

ओलीले पुल निर्माणमा समेत बिशेष चासो दिएको पाईएको छ । निर्वाचनको समयमा आफ्नो निर्वाचन क्षेत्रका खोलाहरुमा बाँसको पुल पुर्णरुपमा बिस्थापित गर्ने बताउनु भएका ओलीले यसमा ध्यान दिएको पाइएको हो । अति आवश्यक ठाँउहरुमा पुलका योजनाहरुलाइ समावेश गरिएको छ, थापाले जानकारी दिनु भयो ।

गौरादह बजारबाट स्कूलचौन जाने बाटोमा पर्ने गेउरीया पुल निर्माण, कमल गाँउपालिका ३ र ४ मा पर्ने केर्खा बजारबाट गोसखान हँुदै गौरादह जोड्ने बाटोको ढ्याङग्री खोलामा पुल निर्माणमा ५० लाखको दरले १ करोड रकम छुट्टयाईएको छ । यसैगरी ग्वालडुब्बा बजारपुर्व बैगुन्धुरा, महाभारा जाने बाटोमा पर्ने सकुना होलीमा पुल निर्माणका लागि ५० लाख बजेट राखिएको थापाले जनाउनु भयो । साविक लखनपुर हाल कमल गाँउपालिका वडा नं. ७ रंगपुर बाह्घरे सडक खण्डको सरस्वती माबि पश्चिम चाँदु होलीमा कल्भर्ट निर्माणका लागि पनि ५० लाख छुट्टयाएको पाईएको छ । २ बर्ष अघिदेखि यहाँ कल्भर्ट नहुदा बर्षायाममा यहाँका बासिन्दा र बिद्यार्थीहरु ३ किलोमिटर भन्दा लामो दुरी घुमेर दैनिकी चलाउनु पर्ने अवस्था रहदै आएको छ ।

ओलीले यस कार्यक्रम अन्र्तगत नै गौरीगन्ज गाँउपालिका वडा नं. ३ क्याम्पस पुर्व दक्षिण लेहरा खोलामा पुल निर्माणका लागि २५ लाख र दमक ८ स्थित जेष्ठ नागरिक भवन निर्माणमा १० लाख रुपिया छुट्याउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका तथा गाँउपालिकाहरुमा योजनाहरु समेटिएको पाइएको हो ।

क्षेत्र नं. ५ अन्र्तगत २ नगरपालिका र २ गाँउपालिका रहेकाछन् । दमक र गौरादह नगरपालिकाक छन् भने कमल र गौरीगञ्ज गाँउपालिका यस निर्वाचन क्षेत्रमा पर्दछ । क्षेत्र नं. ५ मा ठुला साना गरेर डेढदर्जन भन्दा बढि खोलाहरु रहेकाछन् । स्थानीयहरुले पुल, कल्भर्ट निर्माणका लागि नै धेरै माग गरेकाले यसलाइ पनि उच्च प्राथमिकतामा राखिएको बताइन्छ । यि सबै योजनाहरु स्थानीय सरकारबाट नै सम्झौता भएर काम अघि बढ्ने समेत थापाले जनाउनु भएको छ ।