राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा झापाले विर्तामोडमा वृहत हिन्दुत्व जागरण सभा आयोजना गर्ने भएको छ । राप्रपा झापाको शनिवार सम्पन्न विस्तारित भेलाले मंसिर २२ गते विर्तामोडमा वृहत हिन्दुत्व जागरण सभा आयोजना गर्ने निर्णय गरेको हो । भेलालाई सम्वोधन गर्दै राप्रपा महामन्त्री एव संगठन विभाग प्रमुख राजेन्द्र लिङ्गदेनले नेपालीहरुको साँस्कृतिक पहिचान धर्मनै संकटमा परेकोले हिन्दुत्व संरक्षणको लागि हिन्दुत्व जागरण सभा आयोजना गर्न लागीएको वताउनुभयो ।

सभा सफल वनाउन जिल्ला अध्यक्ष अम्वर विष्टको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै संगठन विभाग प्रमुख राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा केन्द्रिय सदस्यहरु सदस्य रहेको निर्देशन समन्वय समिति गठन गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी केन्द्रिय सदस्य वासुदेव भट्टराईको संयोजकत्वमा धार्मिक व्यक्तित्व सम्पर्क समन्वय समिति, जिल्ला उपाध्यक्ष कमल खरेलको संयोजकत्वमा अर्थिक समिति, जिल्ला सचिव केशव ओझाको संयोजकत्वमा पारवहन व्यवस्थापन समिति, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाईको संयोजकत्वमा प्रचार प्रसार समिति तथा स्वमसेवक व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति पनि निर्माण गरिएको छ ।

वृहत हिन्दुत्व जागरण सभामा राप्रपा अध्यक्ष कमल थापा, महामन्त्री एव संगठन विभाग प्रमुख राजेन्द्र लिङ्गदेन, केन्द्रिय नेता तथा ओमकार परिवारका विभिन्न धार्मिक व्यक्तित्वहरुको सहभागिता रहने सो पार्टीले जनाएको छ । speak corner बाट