काठमाडौं । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा आज चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब १५ लाख ९८ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको हो ।
चोरीमा संलग्नको पहिचान खुलेको छैन । चोरीबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले दिनदाहाडै जनप्रतिनिधिको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ ।










