काठमाडौं, ६ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ । बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले बताए । तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि सांगठनिक अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकता पनि अन्योलमा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग गरेका थिए । बिहीबार बस्ने नेकपा बैठकमा यीलगायतका सांगठनिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।