गएको कार्यक्रममा राजधानीका चलेका कजेजहरुमा पढाउने भारतीय नागरिक वि.एस गौतम भट्टचार्याले आफ्नै विद्यार्थीलाई ब्याकमेल गरि बलात्कार गर्ने गरेको न्यूज २४ नेपालले देखाएको थियो ।
५४ वर्षीय भट्टाचार्यले आफ्नी छोरी समानकी किशोरीको नग्न फोटो भिडियो राखेर ब्ल्याकमेल गर्ने गरेका रहेछन् । परिवर्तित नाम सानिमायाले यसरी आफू यौन शोषणमा परेको भन्दै हाम्रो कार्यालयमा आएपछि हामीले एउटा स्ट्रिङ अपरेसन ग¥यौं । भट्टाचार्यलाई प्रहरी हिरासतमा पु¥यायौं ।
यस सम्बन्धी रिपोर्ट प्रशारण गरेपछि सामाजिक सञ्जालहरुमा सानिमायालाई साथ दिनेको संङख्या १० औं लाख नाघेको छ । मानिसहरुले प्रध्यापकका नाममा भट्टाचार्य जस्ता बलात्कारी पुरुषलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । तर उता प्रध्यापक भट्टचार्यका व्यत्तिहरु सनिमायालाई विभिन्न प्रलोभन र डर धम्की दिईरहेका छन् ।
भट्टाचार्यकी वकिल भनिने एक महिलाले सानिमायालाई फोन गरि आफु अदालतबाट भएको भन्दै सहमतिबाटै सम्पर्क भएको हो भनि भनाउन खोजेकी छन् ।
सानिमायाले आफुलाई अदालतबाट फोन आएको जानकारी गराएपछि हामीले उक्त नम्बरमा सम्पर्क ग¥यौं । शुरुमा उनले हामीलाई पनि अदालतकै भएको भने पनि पछि भने भट्टाचार्यको वकिल भएको स्वीकारिन् ।
यस अघि पनि केही महिना मात्र जेल राखेर छाडिदिए सानिमायाको सबै फोटो भिडियो डेलिट गरि अब उपरान्त केही नगर्ने भनि कागज गर्ने भनि भट्टाचार्यका परिवारले दबाब दिएका थिए । न्यूज २४ नेपाल टिभी बाट साभार










