बिष्णुप्रसाद पोखरेल दमक । अहिले हामीले गर्वकके महसुस गर्न थालेका छौ, र उत्साहका साथ स्थानीय टोल एवं क्षेत्रको बिकासमा लागेका छौ, झापा हल्दिवारीको धनुस पोखरी टोल बिकास संस्थाकी अध्इक्ष सरसवती चम्लागाइले भनिन् । साच्चै न गाँउमा नयाँ उत्साह जागृत भएको छ र महिलाहरुको आत्मसम्मान बृद्धि भएको पनि महसुस गरेकाछौ, चम्लागाइले भनिन् । उनले महिलाले नेतृत्व गरेर भएका काममा पारदर्शीता हुने र भ्रष्टाचार समेत नहुने दाबी पनि गरिन् ।
बाँघडाँडा टोल बिकास संस्थाकी अध्यक्ष इन्दिरा गिरीले आफुहरुले बिग्रिएको सडक बनाउने देखि लिएर सरसफाइमा निस्कने बानीको बिकास गराउन थालेको बताइन् । हातमा कुचो बोकेर टोलमा सरफाइ गर्दै गरेको अवस्थामा भेटिएको उनले भनिन्, हामीलाइ दिएको जिम्मेवारीलाइ पुरा गर्ने छौ र गाँउपालिको विश्वासलाइ सार्थक बनाउछौ ।
हल्दीवारी गाँउपालिकाले दोस्रो गाँउसभाबाट पारित गरेको “हल्दीबारीका महिला, विकासमा पहिला” नारालाइ सार्थक बनाउनका लागि महिलाहरुलाइ संगठित गरेर टोल बिकास संस्थाहरु गठन गरी बिकास लगायत स्थानीय सरकारकारले ल्याएका कार्यक्रमहरु सफल बनाउनका लागि परिचालन शुरु गरेको छ ।
गाँउपालिकाक्षेत्र भित्रको सर्वाङ्गीण विकासमा महिलाहरुलाई मुलप्रवाहमा ल्याई बिकास र सम्बृद्धिको अभियानलाई व्यवहारमा मुर्तता प्रदान गर्नका लागि साविक गोलधाप, जलथल र हल्दीबारी गा.वि.स.का सबै पुराना वडाहरु (२७ स्थान) मा अधिकाँश घरधुरी समेट्दै सत् प्रतिशत महिलाहरुको प्रतिनिधित्वहुने गरी टोल विकास संस्था गठन गरिएको गाँउपालिका अध्यक्ष रबिन्द्र लिङदेनले बताए । गाँउसभाले बनाएर पारित गरेको कानून बमोजिम उपभोक्ता समितिले गर्न सक्ने विकास निर्माणका कार्यहरु सम्पन्नगर्न सोही संस्थालाई पहिलो प्राथमिकता दिने गरी हल्दीबारी गाँउपालिकाको दोस्रो गाँउसभाले आवश्यक निर्देशिका तर्जुमा गरी लागू गरेको जनाउदै आफुहरुले ब्यवहारमा नै महिलाहरुलाइ समाज परिवर्तनमा अग्रसर गराएको उनको भनाइ रहेको छ । उपभोक्ता समितिमा राजनीतिक भागवण्डाको चलन समेत अब यसले अन्त्य गरेको छ, उनले भने ।

हल्दीबारी गाँउपालिकाको टोलविकास संस्था गठन तथा परिचालन निर्देशिका, २०७५ मा उल्लेख भए अनुसार जनलागत सहभागिता परिचालन गरी सञ्चालनगर्ने भनी पहिचान गरिएका गाँउपालिका स्तरीय तथा वडा स्तरीय आयोजना तथा कार्यक्रमहरु सम्बन्धित क्षेत्रका टोल विकास संस्थामार्फत सञ्चालन गर्न÷गराउन गाँउपालिका तथा सम्बन्धित वडाले पहिलो प्राथमिकता दिनुपर्ने छ । यसको लागि सम्बन्धित टोल विकास संस्था स्वतःउपभोक्ता समितिमा रुपान्तरण हुनेछ, गाँउपालिका उपाध्यक्ष गिरीको भनाइ छ ।
दोस्रो गाउँसभाद्धारा स्वीकृत “हल्दीबारी गाँउपालिकाको टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका, २०७५” को दफा ६ र दफा १० ले दिएको अधिकार प्रयोग गरी हल्दीबारी गाउँ कार्यपालिकाले यो कार्यविधि तर्जुमा गरी लागू गरे अनुसार शत प्रतिशत महिलाहरुको सहभागितामा २७ वटा टोल बिकास संस्थाहरु बनाइ सकिएको गाँउपालिका उपाध्यक्ष गिरीले बताए । सबै टोल बिकास संस्थाहरुमा महिलाहरुको मात्र सहभागिता रहेको यो नै नेपालको पहिलो गाँउपालिका हुनुपर्छ, गिरीको दाबी छ । हल्दीबारी गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, २०७५ मा यसको दर्ता, काम, कर्तब्य र अधिकारहरु सबै तोकिएको छ । संस्था जसरी दर्ता हुन्छ त्यसरी नै दर्ता हुने र अभिलेखहरु समेत राखिने गाँउपालिकाका कार्यकारी अधिकृत सन्तोस घिमिरेले बताए । कार्यविधि बमोजिम १० लाख भन्दा बढीका आयोजना तथा कार्यक्रम सञ्चालनमा गाउँपालिकासँग जन÷लागत सहभागितामा साझेदारी गर्नुपरेमा निर्णय लिन र प्रत्येक चौमासिकमा सम्पन्न गतिविधिको समीक्षा सहित आगामी कार्यदिशा तय गर्न बैठकको आयोजना गर्नुपर्ने व्यवस्था राखिएको छ । प्रत्येक संस्थाको गाउँपालिकाले तोकेको बैंकमा रहने गरी एक कोष रहने र कोषको लेखापरीक्षण गाउँपालिकाले तोकेको लेखापरीक्षकबाट गराउने भएकाले यो गाँउपालकाको एउटा आफ्नै अंगको रुपमा रहने पनि घिमिरेले जानकारी दिए ।










