नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौंमा जनसभा आयोजना गरेको छ । काठमाडौंको बीच सडकमै आयोजना गरिएको जनसभा पार्टी पुनर्गठनका अवशरमा आयोजना गरिएको नेकपाले उल्लेख गरेको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको गेट अगाडी मञ्च तयार गरिएको छ । राजधानीका बबरमहल, लैनचौर, सुन्धारालगायतका स्थानबाट निस्केका जुलुससभातर्फ अगाडी बढिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाका महासचिन नेत्रविक्रम चन्द ‘विप्लव’ नआउने भएपछि आमसभालाई खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।