कपिलवस्तुको मोतिभारी तनावग्रस्त बनेको छ । यसअघिको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार बनेका दिपेन्द्र कुमार चौधरीको हत्या विरोधमा उत्रिएका स्थानीयले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीको गाडीमा तोडफोड गरेका छन् । प्रजिअ अर्जुनप्रसाद पोखरेल शुद्धोधन गाउँपालिकाको अनुगमनका लागि जानुभएको छ ।

चौधरीको दिनदेहाडै भएको हत्याको विरोधमा उत्रिएका स्थानीय प्रदर्शनकारीले अन्य केही सवारी साधनमा समेत आगजनि गरेका छन् । प्रदर्शनलाई मत्थर पार्न प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । अहिलेपनि त्यहाँको अवस्था तनावपूर्ण रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुद्धोधन गाँउपालिका ४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समुहले उहाँलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका क्रममा भैरहवा लिँदै गर्दा मृत्यु भएको थियो ।फाइल तस्बिर