काठमाडौं, ८ मंसिर । काठमाडौंमा दिउँसै छुरा प्रहारबाट दुई युवक घाइते भएका छन् । शनिबार दिउँसो करिब १ बजेको समयमा काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते भएका हुन् ।

छुरा प्रहारबाट घाइते दुवै जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको नाम खुलेको छैन, भने अर्का एक जनाको नाम अनिल श्रेष्ठ रहेको छ । प्रहरीले जानकारी गराए अनुसार उनीहरु अन्दाजी २० वर्षका रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जानकारी गराए अनुसार घटनाको विषयमा अनुसन्धान भइरहे छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार छुरा प्रहारबाट घाइते दुवै जना दौडिदै आएर सडकपेटीमै लडेर बेहोस् भएका थिए ।

यसका साथै स्थानीय पसलेले प्रहरीलाई खबर गरेपछि घाइतेलाई अस्पताल लगिएको हो ।