काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपालका सर्वहारा नागरिक अझै राज्यको विभेदमा रहेको बताएका छन् ।

उनले सर्वहारा नागरिकले अझै वर्गीय म्क्ति पाइनसकेकाले वर्गीय मुक्तिका लागि सबै नागरिक सेना बन्न तयार हुने दावी गरे । प्रकाण्डले विजय निकट पुगेको सर्वहारा वर्गको क्रान्तिलाई केहि स्वार्थी र लालची नेताहरुले षड्यन्त्र गरेर धोका दिएको आरोप लगाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रचण्ड, रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रकाण्डले उनीहरुलाई ‘गद्धार’ को संज्ञा दिए । उनीहरुकै कारण जनताले धोका पाएको उनले आरोप लगाए । काठमाडौंको भृकुटीमण्डपमा आज (शनिबार) आयोजित जनसभालाई सम्बोधन गर्दै उनले धोकेवाज नेताहरुकै कारण अझै पनि देशमा जनताको सत्ता स्थापित हुन नसकेको बताए ।

नेता प्रकाण्डले अहिलेको सरकारले आफ्नो पार्टीविरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाउँदै सरकारका गतिविधिप्रति कडा शब्दमा आलोचना गरे । सभा गर्ने सार्वजनिक स्थल समेत सरकारले नदिएको भन्दै उनले त्यसमा रोष प्रकट गरेका छन् । उनले भने, ‘कुनै पार्टीले सार्वजनिक स्थलमा सभा गर्न खोज्दा ठाउँ पनि छैन समृद्ध नेपालमा ?’

शान्तिबाटिकामा गर्ने भनिएको उनीहरुको कार्यक्रम शनिबार भृकुटीमण्डपमा भएको हो । प्रकाण्डले देश अहिले साम्राज्यवादी शक्तिको परेड खेल्ने ठाउँ बनेको भन्दै त्यसको विरोध गरे । साथै आन्दोलनबाट हासिल गरेको उपलब्धी मेट्न लागेकोमा उनको चिन्ता थियो ।

अहिलेको सरकार राष्ट्रघाती भएको संकेत दिँदै उनले ओली सरकार बनेपछि राष्ट्रघाती प्रोजेक्ट अघि बढाउन थालिएको बताएका थिए । उपल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय पक्षको संलग्नता शंकेत गर्दै त्यसलाई आफूहरुले रोको पनि उनको भनाइ थियो । तर अहिलेको सरकारले त्यसपछि अरु ‘राष्ट्रघाती प्रोजेक्ट’ अघि बढाउँदै गरेको उनले बताए ।

नेता प्रकाण्डले मुलुकको राष्ट्रियता संकटमा रहेको भन्दै त्यसविरुद्ध लाग्न आह्वान गरे । उनले भने, ‘राष्ट्रियता संघटमा छ । देश नै रहन्छ कि रहँदैन चिन्ता छ । हिमाल, तराई र पहाडलाई अलग बनाउने खेल भइरहेको छ । राष्ट्रघाती कदम नसच्याउने हो भने नेपाली जनता स्वाधिनताको लागि राष्ट्रिय सेनामा बदलिने छन् ।’

-नया पेज बाट साभार गरिएको