काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ । दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक आमा, आमा‘…भन्दै रोइरहेकाे समाचार अाजकाे राजधानी दैनिककाे पहिलाे पृष्ठमा छापिएकाे छ ।

गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भयो । संयोगले उनका छोरा नवीन बाच्न सफल भए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नवीनलाई दुर्घटनामा परी आमा कहिल्यै नफर्कने गरी गएको थाहा छैन । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ । त्यसैले, बेडमा रुँदै खोजिरहेका छन्, आमा…आमा…आमा….

डडेलधुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २८ भन्दा बढी घाइते भए । उनी पनि त्यसैमध्येका एक घाइते हुन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या छ । आर्थिक अवस्था खराब मात्रै होइन उनको हेरबिचार गरिदने पनि कोही छैन ।

चिकित्सकले नवीनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनको हात भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । तर उनीसँग न त उपचारमा साथ दिने परिवार छ न सम्पत्ति नै । आमाको दुर्घटनामा परी मृत्यु भयो । दिदी दिपा विक घाइते अवस्थामा छिन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बुबा नौ वर्षअघिदेखि नै घरपरिवारको सम्पर्कमा छैनन् । १४ वर्षीय दाइ मुकेश विक बालमजदुर हुन् ।

यस्तै,राजधानी दैनिक लेख्छ,नेपाली उखान छ, ‘१२ वर्षमा खोलो फर्कन्छ।’ उखान मधेस केन्द्रित दलका सन्दर्भमा अमिल्दो छ । २०६३ सालमा जारी अन्तरिम संविधानका केही प्रावधानमा बिमती जनाउँदै मधेसमा सुरु भएको संघीय राजनीतिक आन्दोलन १२ वर्ष बित्दा समेत अझै उस्तै छ। २०६३ सालयता देशको राजनीतिमा आमूल परिवर्तन छ। विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम कांग्रेससँग एकता भइसकेको छ। राजनीतिक एजेन्डाहरु फेरिएका छन् ।

मधेसकै मुख्य ६ वटा दल मिलेर एउटै दल राजपा बनेको छ। तर, मधेसवादी दलहरुका एजेन्डा भने बदलिन सकेका छैनन्। आलोचकहरुले मधेसवादी दलहरु फेरिए तथा जोडिए पनि एजेन्डा फेर्न असफल बनेको टिप्पणीसमेत गर्ने गर्छन्। पछिल्लो समय राष्ट्रिय तथा क्षेत्रीय सबैजसो दलहरुले आर्थिक विकास र समृद्धिलाई मुख्य नारा बनाउँदा मधेसवादी दलहरु भने त्यसमा असफल बनेको उनीहरुको तर्क छ।

च्

यस्तै ,नेपालमा राष्ट्रिय बाघ गणनाको दुई महिना नवित्दै गणनाको तथ्याङ ढाँटेको पाइएको छ । नेपाल र भारतको सिमा क्षेत्रमा एकै साथ बाघ गणना गरेको भन्दै संख्यामा कुनै थपघट नहुने बताइएकोमा भारत तर्फको गणना एक साथ नभएको तथ्य बाहिर आएको छ । गत ७ असोजमा भएको तथ्याङ असुसार नेपालमा बाघको संख्या २३५ पुगेको आजको राजधानी दैनिले छापेको छ ।