मानसिक रुपमा विक्षिप्त भएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएका निर्मलाका बुवा यज्ञराज पन्तले जहाज चढ्न नमानेपछि उनलाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।
अस्पतालको बेडमा नै बर्बराउदै भाग्न खोजेपछि लडेर उनको खुट्टा, घुँडामासमेत चोट लागेको बताइएको छ । यज्ञराजको अहिले सेती अञ्चल अस्पतालका स्वाथ्यकर्मीहरुको टोलीले उपचार गरिरहेको छ ।
छोरीको हत्यारा सार्बजनिक गर्नुपर्ने भन्दै धर्ना बसेका यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उनलाई उपचारका लागि शनिवार साँझ काठमाडौं ल्याइदै थियो ।
धनगढी बिमानस्थलबाट साँझको उडानमार्फत उपचारका लागि काठमाडौं ल्याउन लाग्दा उनले विमान चढ्न नमानेको र अवस्था झन् बिग्रदै गएकाले अञ्चल अस्पतालमा राखिएको कैलालीकि अधिकारकर्मी भुमी फुलाराले जानकारी दिइन् ।
वुवा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि अहिले उनि बर्बराउने, गाली गलौच गर्ने, झम्टिने, हातपात गर्न खोज्ने, मेरी छोरीका हत्यारालाई मार्छु भन्दै दौडिदै भाग्न खोज्ने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थालेका छन ।
दुई तीन दिनदेखि यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई धार्नास्थल मै महाकाली अञ्चल अस्पतालको स्वास्थ्यकर्मीको टोली गई स्वास्थ्य जाँच गरेपछि उपचारका लागि काठमाडौं लैजान सल्लाह दिएका थिए ।
जिल्ला प्रशासन कार्यलय कञ्चनपुरको गेटमा कात्तिक २५ गतेदेखि यज्ञराको परिवार सहित मानअधिकारकर्मी निर्मलाको न्याय माग्दै धर्नामा बसेका थिए । एभरेस्ट दैनिक बाट










